|  

गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन

१० माघ, काठमाडौं । अमेरिकाले गैरकानुनीरूपमा बसोबास गर्ने तीन जना नेपालीलाई निष्कासन गरेको छ ।

अमेरिकी अध्यागमनले लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको हो । स्रोतका अनुसार लोकबहादुर गैरकानुनीरूपमा अमेरिकामा प्रवेश गरेका थिए ।

लीलाबहादुर र दीपक पनि गैरकानुनी तरिकाले अमेरिकामा बस्दै आएका थिए । स्रोतका अनुसार उनीहरू गत साता काठमाडौं आइपुगेका छन् । एयर इन्डियाको जहाजबाट उनीहरू काठमाडौं आएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि गैरकानुनी तरिकाले बसोबास गर्ने आप्रवासीहरू आतंकित बनेका छन्।