|  

ट्रम्पले मेसिक्सकोतर्फको दक्षिणी सीमामा पठाए १५०० सिपाही

१० माघ, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छिरेको तेस्रो दिनमै मेसिक्सकोतर्फको दक्षिणी सीमामा १ हजार ५०० सिपाही पठाएका छन् ।

चपर र विमानहरूको साथमा ट्रम्पले सीमामा सेनाका हजार सिपाही र ५०० जना नौसेनाका सिपाही पठाएका हुन् । यिनीहरूलाई क्यालिफोनिर्याको सान डिएगो र टेक्ससको एल पासोमा खटाइनेछ ।

यिनीहरूले सीमामा पर्खाल र अन्य मिशनमा काम गर्ने बताइएको छ । सीमामा सेनाले दुई थान सी–१७ र दुई थान सी १३० विमान प्रयोग गर्नेछन् । यसबाहेक केही थान हेलिकप्टर  पनि छन् ।