|  

अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रह्योः प्रचण्ड 

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको सरकारप्रति  कुनै अभिरुचि नभएको बताएका छन् ।

बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको प्रचण्डले दाबी गरे ।

यद्यपि उनले आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रस्ट पारे ।