१० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले रास्वपा फैलँदो अवस्थामा रहेको बताएका छन् ।
उनले एक अन्तर्वार्तामा रास्वपा आफैमा संस्था बनिसकेको र सभापति रवि लामिछाने कानुनी लडाइँमा रहे पनि पार्टी चलिरहेको बताए।
‘रास्वपा फैलँदो अवस्थामा छ। यो पार्टी आफैंमा संस्था बनिसकेको छ। त्यसकारण सभापति आफ्नो कानूनी लडाइँ लड्दै गर्दा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको छ।’
यसैबीच अर्यालले रास्वपा कमजोर नरहेको पनि बताए।‘अहिले रास्वपा सभापति पक्राउ पर्नुभन्दा अगाडिकै अवस्थामा छ, कमजोर छैन। सभापतिले कानूनी लडाईं लड्दै गर्दा हामी पार्टीलाई अझै स्थापित गर्दै जानुपर्छ भन्ने कुरालाई लिएर अगाडि बढिरहेका छौं। त्यो स्थापित गर्नु भनेको जनताको मुद्दामा बसह गर्नु नै हो,’ उनले भने।