१० माघ, काठमाडौं । सहकारी ठगीको मुद्दामा थुनछेक बहसका लागि रास्वपा सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् ।
बहसपछि रविलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश गर्नेछ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा गएको आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।