|  

कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा पनि सहभागी 

१० माघ, काठमाडौं ।  प्रतिनिधिसभा अन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिको बैठक सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कानुन मन्त्री अजयकुमार चौरसिया, श्रम मन्त्री सरतसिंह भण्डारीलगायत सांसदहरू सहभागी छन् ।

जारी बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेका विधेयकमाथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने एजेन्डा छ ।