|  

महानगर यातायातले थप्यो ३२ सिट क्षमता भएको ४० वटा बस 

१० माघ, काठमाडौं । महानगर यातायातले प्रालिले सेवा विस्तार गर्दै बिहीबारबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ ।

२० करोड लगानीमा उक्त बस सञ्चालनमा ल्याएको हो । यी बसहरू ३२ सिट क्षमताका हुन् । बसको लम्बाई साढे आठ मिटर छ।

यी बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको यायातले जनाएको छ । नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ।