|  

यी हुन् भारतको महाराष्ट्र रेल दुर्घटनामा ज्यान गुमाउने चार नेपाली (नामसहित) 

१० माघ, काठमाडौं । भारतको महाराष्ट्रमा भएको पुष्पक एक्सप्रेस रेल दुर्घटनामा हालसम्म चार नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

ज्यान गुमाउनेमा ४३ वर्षीय कमला भण्डारी, ४० वर्षका लच्छीराम पाशी, १० वर्षका हिमु विश्वकर्मा, ६० वर्षीया जवकला भाट रहेका छन् । बुधबार करिब ५ बजे जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएको थियो ।

त्यसपछि हतारिएर यात्रीहरू झ्यालबाट हाम फालेका थिए । हाम फालेका यात्रुहरूको कर्नाटक एक्सप्रेसले किचेर ठक्कर दिँदा मृत्यु भएको हो । दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।