|  

रविलाई आज पनि परिवारकै जिम्मा लगाइयो

१० माघ, काठमाडौं । सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारकै जिम्मा लगाइएको छ ।

जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको एकल इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएको हो । उनी पुनः भोलि थुनछेक बहसका लागि बिहान १० बजे अदालतमा उपस्थित हुनुपर्नेछ । इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएपछि हिरासतमा बस्नु परेन । कास्की र काठमाडौंमा भने थुनछेक बहस नसकिंदासम्म उनी प्रहरी हिरासतमा बस्नुपरेको थियो ।