|  

जिल्लाका सबै अस्पतालले वहिरंग सेवा दिनुपर्नेमा मन्त्री राईको जोड

१० माघ, काठमाडौं । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्लामा रहेका प्रादेशिक अस्पतालसहित सबै जिल्ला अस्पताललाई वहिरंग सेवा सञ्चालनका लागि आह्वान गरेको छ ।

स्वास्थ्य क्षेत्र संवेदनशील रहेको भन्दै स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सरकार प्रदेशवासीको स्वास्थ्य अवस्थाप्रति सचेत रहेको बताए । स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र सेवाको गुणस्तर सुधार गर्न सरकार प्रयासरत रहेको बताउँदै मन्त्री राईले प्रदेशमा रहेको भद्रपुरस्थित प्रादेशिक अस्पताल, मोरङमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उदयपुरस्थित कटारी अस्पताल र सबै जिल्ला अस्पताललाई वहिरङ सेवा दुई चरणमा सञ्चालन गर्न आह्वान गरिएको बताए । उपचारका लागि अस्पताल पुग्ने विरामीको सहजताका लागि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म टिकट काट्न पाउने गरी ब्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ ।