|  

कांग्रेस र एमालेजस्ता भ्रष्टाचारीसँग समीकरण गरिँदैनः प्रचण्ड

१० माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नै अवैध भएकोले सरकार नटिक्ने दाबी गरेका छन् ।

आज बाँकेको खजुरा गाउँपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अब माओवादीले कांग्रेस र एमालेजस्ता भ्रष्टाचारीहरुसँग समिकरण नगर्ने पनि ठोकुवा गरे । उनले आफूले २० महिना सरकारको नेतृत्व गर्दा मुलुकमा सुशासनको युग सुरु भएको स्मरण गराए । अब माओवादीलाई ०६४ कै अवस्थामा पुर्याए देशमा भ्रष्टाचारीहरुको जरोकिलो उखेल्ने उद्घोष गरे ।