|  

सर्वोच्चले कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाको पुनरावलोकन गर्ने

१० माघ, काठमाडौं ।  भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने आफ्नो फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले फैसला पुनरावलोकन हुनुपर्ने माग सहितको निवेदनलाई ‘निस्सा दिने’ आदेश गरेको हो ।

फैसला पुनरावलोकनको निवेदनमा ‘निस्सा हुने’ आदेश भएपछि पुरानो फैसलामाथि सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुन्छ । तीन सदस्यीय न्यायाधीशको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासले गरेको फैसलाको न्यायिक परीक्षण गर्नेछ ।