१० माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन्।
बिहीबार काठमाडौँमा गजेन्द्रनारायण सिंहको २४ औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महसुस गरेको बताए।
उनले मधेसवादी दलहरु अब एकत्रित हुने ठूलो सम्भावना रहेको पनि बताए। उनले दुई वटा विपरीत धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताए।
उनले भने, ‘जुन किसिमको ऐनहरु अहिले संशोधन गर्न लागेका छन्, यसले के स्पष्ट हुन्छ भने यहाँ दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र हुँदै छ।’