|  

हरियो सिमीमा भेटिएयो अधिक विषादी

११ माघ, काठमाडौं । कालीमाटी तकारी बजारमा चितवनबाट आएको सिमीमा अधिक विषादी भेटिएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ ले मोबाइल फुड प्रयोगशालामा परीक्षण गर्दा सिमीमा अधिक विषादी भेटिएको हो । विभागको टोलीले मंगलबार राति ११ देखि बुधबार बिहान ४ बजेसम्स कालीमाटी बजारमा भित्रिएका १०८ गाडीका १५२ नमुनाको परीक्षण गरेको थियो ।

तीमध्ये चितवनबाट आएको १४१ केजी सिमीमा विषादीको मात्रा अधिक देखिएको हो । विभागका अनुसार सो अवधिमा भित्रिएका तरकारी परीक्षण गराउँदा चितवनको हरियो सिमीमा ४२ प्रतिशतसम्म इन्जाइम इन्हिविसन पाइएको थियो । चितवनका तरकारी व्यवसायी रामकुमार थपलियाको त्यो सिमीमा विषादीको मात्रा पाइएको हो ।