|  

लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

११ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ ।

नतिजामध्ये ६९ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने ३१.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा एमबिबिएस र बिडिएसका गरी कुल ८४४ जनाले सहभागिता जनाएकोमा ५६२ जना अनुत्तीर्ण भएका छन् ।  जम्मा उत्तीर्ण सङ्ख्या २६२ रहेको छ ।