११ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ले अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस-एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको बताएका छन् ।
आज बाट काठमाडौंमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले देशका ठूला राजनीतिक दल मिलेपछि झन निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुँदै गएको बताए ।
उनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरि संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थितिमा समेत बैठकमा समीक्षा हुने अध्यक्ष लिङ्देनले उल्लेख गरे।