|  

युद्धकालमा ६ सदस्य गुमाएको चौधरी परिवारमा प्रचण्डसहितका नेताहरूको खाना

११ माघ, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङ पुगेर सहिद परिवारको घरमा खाना खाएका छन् ।

प्रचण्डसहित पूर्वमन्त्री रेखा शर्मासहितका नेताहरूले दाङको तुलसीपुर ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा पुगेर खाना खाएका हुन् ।

प्रचण्डसहित नेताहरूले थारु समुदायको परिकारसहित खाना खाएको प्रचण्ड सचिवालयले जनाएको छ । युद्धकालमा चौधरीको यो परिवारले छ जना सदस्य गुमाएको थियो ।