११ माघ, काठमाडौं । काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा लागेको आगो हेलिकोप्टरबाट निभाउन थालिएको छ ।
आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन सकेको छैन । शुक्रबार दिउँसोबाट हेलिकोप्टरमार्फत् पानी लगेर खन्याएर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
अहिले सिम्रिक एयरको हेलिकोप्टरबाट आगलागी नियन्त्रणका लागि पानी खन्याउने काम भइरहेको छ ।