११ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने भएको छ ।
आजबाट काठमाडौँमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरुप दिएर शसक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका हुन् । बैठकमा सरकारको कार्यशैलीको समिक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र अन्य सहकार्य लगायतका विषयमा समेत छलफल हुने उनको भनाइ छ ।
कांग्रेस-एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुदै गएको लिङ्देनले बताए । उनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरि संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थीतिमा समेत बैठकमा समीक्षा हुने अध्यक्ष लिङ्देनले उल्लेख गरे ।