११ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् ।
आज एक कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका गुरुङले सुशासन बिना विकास नहुने भएकाले सरकारले अध्यादेशमार्फत १३ वटा कानुन संशोधन गरिएको बताएका हुन् । उनले संविधान संशोधन राष्ट्रिय सहमतिमा मात्रै हुने बताए । तर संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता भने परिवर्तन नहुने उनको भनाई छ । उनले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको दाबी गरेका छन् ।