|  

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा

११ माघ, काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को आजदेखि सार्वजनिक प्रदर्शन सुरु भएको छ ।

यसको निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले नेपालभरका चलचित्र भवनमा चलचित्र प्रदर्शन भएको जानकारी दिएको छ । पहाडी समुदायकी केटी र मधेशी समुदायको केटा सामाजिक सञ्जालमार्फत भेट भएपछि निम्तिने घटनाक्रमलाई चलचित्रमा देखाइएको निर्देशक दीपेन्द्र गौचनले बताएका छन् ।

चलचित्रको अधिकांश दृश्यमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई देखाइएको छ । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन् ।