१३ माघ, काठमाडौं । आसन्न संसदको हिउँदे अधिवेशनको सन्दर्भमा सभामुख देवराज घिमिरेले आज विभिन्न बैठक राखेका छन् ।
आज बिहान ११ बजेदेखि सत्तापक्षका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्ने भनिएको छ । प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँगको छलफल भने दिउँसो २ बजे तय गरिएको छ । त्यस्तै भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बैठक राखिएको छ । दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन सभामुखले संसदीय समितिका सभापतिसँग अलग-अलग संवाद गर्दै आएका छन् । यही माघ १८ गतेबाट हिउँदे अधिवेशन आव्हान भएको छ ।