|  

अब सरकारी कर्मचारीले हरेक ३ महिनामा पासवर्ड फेर्नुपर्ने !

१३ माघ, काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कर्मचारीहरूका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ ।

सरकारी कार्यालयमा हुने विभिन्न किसिमका साइबर सुरक्षा जोखिम न्युनीकरण गर्न केन्द्रले एड्भाइजरी जारी गरेको हो ।  एजभाइजरीमा सरकारी वेबसाइटको नियमित अपडेटदेखि पासवर्ड परिवर्तन र एन्टीभाइरस अपडेटसम्मका विषय उल्लेख छ ।

यसअनुसार अब हरेक सरकारी कर्मचारीले तीन महिनामा अनिवार्य रूपमा आफ्नो पासवर्ड परिवर्तन गर्नुपर्नेछ ।