१३ माघ, काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ ।
आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा उनलाई दोषी ठहर गरेको हो । यौन दुरूपयोगमा दोषी ठहर भएका राईलाई इजलासले माघ २५ गते कति सजाय दिने भनेर निर्धारण गर्नेछ ।
शुभम फाउन्डेसनमा ७ वर्ष बसेर पढेकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहारको आरोपमा ७५ वर्षीय राईविरुद्ध करिब डेढ वर्षअघि प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको थियो ।
जाहेरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी थिइन् ।