|  

कङ्गोमा विद्रोहीद्वारा १३ विदेशी शान्ति सैनिकको हत्या, के छ नेपाली सैनिकको अवस्था ? 

१३ माघ, काठमाडौं ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा शान्ति स्थापनाका लागि खटिएका १३ जना सैनिकहरको हत्या भएको छ ।

ज्यान गुमाउनेमा विद्रोहीहरूलाई देशको पूर्वमा अवस्थित गोमा सहरतर्फ प्रवेश गर्न रोक्ने प्रयासमा रहेका आफ्ना ९ जना सैनिक पनि रहेको दक्षिण अफ्रिकाको सेनाले जनाएको छ । त्यसबाहेक मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिक मारिएका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गोले एम२३ विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ ।

पछिल्ला केही दिनमा एम२३ सँगको भिडन्तमा १३ जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिएका छन् । उक्त कदम बिहीवार युद्ध भइरहेको अग्रमोर्चामा भ्रमण गरेका कंङ्गोका एक सैनिक गभर्नरलाई एम २३

के छ नेपाली शान्ति सैनिकको अवस्था ? 
कङ्गोमा शान्ति स्थापनाका लागि झन्डै ११ सय ५० नेपाली शान्ति सैनिक खटिएका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले गोमा नजिकै नेपाली फौजहरू नरहेको भन्दै त्यहाँ रहेको मिसन हेडक्वार्टरमा खटिएका कतिपय नेपाली शान्ति सैनिकहरूलाई राष्ट्रसङ्घले स्थानान्तरण गरेर युगान्डाको एन्टाबे लगिएको वा लैजाने प्रक्रियामा रहेको बताए ।

नेपाली सेनाका प्रवक्ताले सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेका जानकारी आफूहरूले पाएको पनि उल्लेख गरे । मोनुस्को मिसन अन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १० हजार भन्दा बढी शान्ति सैनिक र एक हजार भन्दा बढी फर्म्ड प्रहरी युनिटहरू खटिएका छन् 

उक्त मिसन अन्तर्गत सबैभन्दा बढी फौज उपलब्ध गराउने देशमा भारत, बाङ्ग्लादेश र नेपाल पर्छन्।