|  

कांग्रेस-एमालेबीच कुनै जालझेल छैनः पोखरेल

१३ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको बताएका छन् ।

बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले राजनीतिक अस्थिरता चिर्न दुई मुख्य दलबीचको सहमति मुलुकको समृद्धि र विकासका लागि भएको उल्लेख गरे ।

‘हामीबीच कुनै अलमल वा जालझेल छैनन्, हामी दुवै दलले स्पष्टताका साथ यो अहिलेको प्रतिनिधिसभाको कार्यकालभरि स्थिर सरकार दिने वाचा गरेका छौँ’, पोखरेलले भने, ‘सबै स्पष्ट भए हुन्छ, हामी त्यसैअनुरुप अघि बढेका छौँ।’