१३ माघ, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
मुख्य सचेतक महेश बर्तौलाका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १ बजेलाई बैठक बोलाइएको हो।
संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ। संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो।