|  

एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने काँग्रेसको निष्कर्ष

१३ माघ, काठमाडौं । नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने नेपाली कांग्रेस संसदीय दलको बैठकले निष्कर्ष निकालेको छ ।

आजको दलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै सांसद रामहरि खतिवडाले यस्तो निष्कर्ष निकालेको जानकारी दिएका हुन् । यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको उनले बताए ।

विपक्षी दलले गरिरहेको अध्यादेशको विरोधका सम्बन्धमा खतिवडाले सरकारले आवश्यक र औचित्यको आधारमा अध्यादेश ल्याउने प्रष्टीकरण दिए । आगामी सदनमा कांग्रेस एक भएर जनताको मुद्दा उठाउने खतिवडाले बताए । दलको बैठक भोलि पनि बस्नेछ । सांसदहरूले बोलिसकेपछि मन्त्रीहरूले मन्त्रालयगत कामका ब्रिफिङ गर्ने छन ।