|  

सिकागोबाट सुरू भयो अवैध आप्रवासी पक्राउ अभियान

१४ माघ, काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई पक्राउ गर्न सुरू गरेको छ ।

अमेरिकी न्याय विभागले कानुन कार्यान्वयन गराउने विभिन्न एजेन्सीहरू परिचालन गरी अवैध रूपमा वसोबास गरिरहेका आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान चलाएको हो । आइतबार आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान सिकागोबाट सुरू भएको बताइएको छ ।

सिकागोमा विभिन्न शंकास्पद स्थानहरूमा छापा मारेर प्रहरीले अवैध रूपमा बसोबास गर्दै आइरहेका आप्रवासीहरूलाई पक्राउ गरेको छ ।  उक्त अभियान देशैभरि सुरू हुने भनिएको छ।