१४ माघ, काठमाडौं । अफ्रिकी देश नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
ट्रकको ब्रेक फेल भएको र चालकले नियन्त्रण गुमाएको बताइएको छ । जसका कारण एक्सप्रेसवेमा ट्रकले करिब १७ सवारी साधनलाई ठक्कर दिएको थियो ।
दक्षिण–पूर्वी राज्य एनुगुको एनुगु–ओनित्शा एक्सप्रेसवेमा दुर्घटना भएको हो । पेट्रोल बोकेको ट्याङ्करले नियन्त्रण गुमाउँदा १७ वटा सवारी साधनमा ठोक्किएर आगलागी भएको हो ।