|  

सभामुख घिमिरेले आज मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दै

१४ माघ, काठमाडौं । हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन् ।

माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख घिमिरेले अहिले प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्दैछन् । हिजो सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । भोली दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ ।

साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेका छन् ।