१४ माघ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको मुद्दामा आज पनि पेसी तोकिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा उनको मुद्दा पेशी तोकिएको हो । हिजो पनि पाण्डेको मुद्दा प्रधान न्यायाधीशकै इजलासमा पेसी तोकिएको थियो । तर हेर्न नमिल्ने भएपछि स्थगित भएको थियो । आज पनि उक्त मुद्दा हेर्न नमिल्ने हुने देखिन्छ ।
पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए । त्यस विरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन । उनी पहिलो अभियोग पत्रका प्रतिवादी हुन । सरकारले पहिलो अभियोग पत्रमा पूर्व मन्त्रीद्धय बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो ।