|  

अस्पतालबाट डिस्चार्ज भए सन्दीप लामिछाने

१४ माघ, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा गत बुधबार शल्यक्रिया भएको थियो ।

अस्पतालका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो ।

लामिछानेको शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको थियो । शल्यक्रियापछि उनी अस्पतालमा स्वास्थ्यलाभ गर्दै आएका थिए ।