|  

तीनवटा समितिको बैठक बस्दै

१५ माघ, काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

आज कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरुको प्रतिवेदन पेस गर्नुका साथै छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, दिउँसो १२ः२५ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल गर्ने तयारी छ ।

यसैगरी विधायन व्यवस्थापन समिति बैठक दिउँसो साढे ३ बजे बस्नेछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको छ ।