|  

धार्मिक समारोहमा बनाइएको काठको संरचना भत्किँदा पाँच जनाको मृत्यु 

१५ माघ, काठमाडौं । उत्तरी भारतमा आज धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । भने ४० जना घाइते भएका छन् ।

यो घटना राजधानी नयाँदिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो । त्यहाँ जैन धर्मका सयौँ भक्तजन मिठाई चढाउन एक मन्दिरमा भेला भएका थिए । जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष यस पर्वको अवसरमा यो प्लेटफर्म निर्माण गरिने गरिन्छ ।