|  

थप अमेरिकी हतियार किन्न भारतलाई ट्रम्पको आग्रह

१५ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनमा कुराकानी भएको छ ।

उनीहरुबीचको कुराकानीमा ट्रम्पले थप अमेरिकी हतियार किन्न मोदीलाई आग्रह गरेका छन । रुसको हतियारमा निर्भर भारतले विस्तारै पश्चिमा मुलुकहरूबाट खरिद बढाइरहेका बेला ट्रम्पले यस्तो आग्रह गरेका हुन । 

त्यस्तै मोदीले घरेलु उत्पादनमा जोड दिँदै आएका छन । अमेरिका भारतको चीनपछिको दोस्रो ठूलो व्यापारिक साझेदार हो । २०२४ को जनवरीदेखि नोभेम्बरसम्म भारतले अमेरिकासँगको व्यापारमा ३५ अर्ब डलर नाफा गरेको छ । त्यसमाथि ट्रम्पले ब्रिक्स मुलुकलाई कर थोपर्ने धम्की पनि दिएका छन् । ट्रम्पले मोदीले सम्भवतः फेब्रुअरीमा वासिङ्टन भ्रमण गर्ने जानकारी पनि दिएका छन । यसको अर्थ, ट्रम्पसँग द्विपक्षीय वार्ता गर्ने पहिलो नेताहरूमा मोदी पनि पर्ने छन्।