|  

ना बालिग ब लात्का रको आरोपमा एमाले नेता लामा कारागार चलान

१५ माघ, काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश रेशराज शर्माको इजलासले मंगलबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। प्रहरी बृत्त बौद्धले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामाले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोप छ।

नेकपा एमालेले भने उनी पक्राउ परेसँगै निलम्बन गरेको छ। एमाले जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गर्दै उनलाई निलम्बन गरिएको जानकारी गराएका थिए।