|  

नयाँ कानुन व्यवसायीका समस्या र सामाधानबारे मञ्‍चको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

१५ माघ, काठमाडौं । नयाँ कानुन व्यवसायीका समस्या र सामाधानबारे स्वतन्त्र कानुन व्यवसायी मञ्‍चको प्रतिवेदन सार्वजनिक भएको छ । नेपालमा करिब २२ हजारको सङ्ख्यामा रहेका कानुन व्यवसायीहरु मध्ये लगभग ५० प्रतिशत कानुन व्यवसायीहरु ४० बर्ष भन्दा कम उमेर समुहका छन् ।

नेपालको समग्र कानुन व्यवसायलाई वर्गीकरण गरी हेर्दा कानुन व्यवसाय हालसम्म पनि पराम्परागत (नेसेन्ट फेजका) रुपमा चलिरहेको देखिएको छ । अध्ययन प्रतिवेदन अनुसार करिब ७० प्रतिहत मुद्दाहरु काठमाडौँ उपत्यका भित्र रहेका छन् । 

सो मध्ये ७० प्रतिशत भन्दा बढी मुद्दाहरु मुलुकका लगभग १५ वटा ठुला तथा ब्रान्डेड वरिष्ठ अधिवक्ताहरुका फर्ममा रहेको अनुमानित तथ्याङ्क छ ।

नेपालमा कानुन व्यवसायी परिषदबाट अनुमती प्राप्‍त गरेका करिब ११००० को सङ्ख्याका ४० वर्ष मुनिका कानुन व्यवसायीहरु मध्ये जम्मा अनुमानित ४००० जना मात्र कानुन व्यवसायमा सँलग्न रहेको तथ्याङ्क छ । 

देश भरीका कानुन अध्यापन गराउने विश्वविद्यालयहरुबाट वार्षिक रुपमा २००० को सङ्ख्यामा कानुन स्नातक उत्रीण हुन्छन् । सो मध्ये लगभग २०५ मात्र कानुन व्यवसाय पेसामा आवद्ध हुने प्रयास गर्दछन् भने वर्षेनी ठुलो संख्यामा नवोदित कानुनका स्नातक तथा नवोदित कानुन व्यसायीहरु थप अध्ययनका निमित्त तथा रोजगारीको सम्भवना मूलुकमा नदेखी बहुसंख्यक युवा कानुन व्यवसायीहरु तेस्रो मुलुकमा गई अन्य वैदेशिक रोजगारी तथा पेशा व्यवसाय स्वीकार गर्न वाध्य रहेको कहालीलाग्दो अवस्था रहेकोछ ।

No description available.

No description available.