|  

घूस मुद्दामा चन्द्रागिरिका वडाध्यक्ष तामाङ दोषी ठहर

१५ माघ, काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ का अध्यक्ष भाइकृष्ण तामाङ घूस लिएको अभियोगमा दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो ।

ललितपुर उपमहानगरपालिका वडा नं. २२ बाट एक उद्योग चन्द्रागिरिमा सार्नका लागि घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग थियो । उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन चार लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो।