|  

विरोध प्रदर्शनलाई थेग्न नसकेपछि सर्बियाका प्रधानमन्त्रीले दिए राजीनामा

१६ माघ, काठमाडौं ।  सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले पदबाट राजीनामा दिएका छन् ।

गत नोभेम्बरदेखिको देशव्यापी विरोध प्रदर्शनलाई थेग्न नसकेपछि भुसेभिकले राजीनामा दिएका हुन् । गत नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रेलवे स्टेसनको छतको एक भाग भत्किएको थियो ।

जसमा १५ जनाको मृत्यु भयो ।यस घटनापछि देशभर सरकारविरुद्ध विरोध प्रदर्शन भएको थियो। घटनाको जवाफदेहिता माग गरेर प्रत्येक दिन हजारौँ सडकमा उत्रिन्थे ।

निर्माण परियोजनामा भएको भ्रष्टाचारका कारण दुर्घटना घटेको उनीहरूको आरोप थियो ।नोभी साद घटनामा १३ जनामाथि भ्रष्टाचारको आरोप लागेको थियो । त्यसको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए ।