|  

अहिलेको सरकार र म भ्रष्टाचार गर्दिनँः ओेली 

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र थाहा पाएसम्म अरू कसैलाई पनि भ्रष्टाचार गर्न नदिने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित नेपाल बार एशोसिएशनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको कुरा गर्दा कसलाई धक्का पर्ला । तर अहिलेको सरकार र म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि थाहा पाएसम्म गर्न दिन्नँ । भए नियन्त्रण गर्छु ।’