|  

राजसंस्थाप्रति आस्था राख्ने धेरै व्यक्तिहरु माओवादी आतंकको शिकार भएः कमल थापा

१६ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठूलो संख्यामा सहिद भएको बताएका छन् ।

आज ८५ औं शहिद दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि माओवादी आतंकको शिकार भएको बताएका हुन । उनले व्यक्तिगत राजनीतिक स्वार्थ परिपूर्तीको लागि हजारौंको संख्यामा माओवादीहरुले व्यक्ति हत्या गरेको आरोप लगाए । 

साथै, उनले देश परिवर्तनको क्रममा ज्यान गुमाउने शहीदहरुलाई सधैँ सम्झिनु पर्ने पनि बताए ।