|  

माघ २४ गते काठमाडौँमा विरोधसभा गर्दै समाजवादी मोर्चा 

१६ माघ, काठमाडौं ।  नेकपा माओवादी केन्द्र लगायतका दलहरु मिलेर बनेको समाजवादी मोर्चाले माघ २४ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने भएको छ ।
 
बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले विरोधसभा गर्ने निर्णय गरेको हो । सभालाई मोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् । 

यो सभा पछि चैतको पहिलो हप्ता मधेशमा पनि सभा गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी सहभागी थिए ।