|  

अमेरिकामा ६४ जना सवार विमान हेलिकप्टरसँग ठोकियो, नदीमा खोजी जारी

१७ माघ, काठमाडौं । अमेरिकाको वासिङटन डीसीमा अमेरिकी एयरलाइन्सको एउटा यात्रुवाहक विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ ।

वासिङगटननजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयानुसार बुधबार राति ९ बजे उक्त दुर्घटना भएको हो । अवतरणअघि नै विमान हेलिकोप्टरसँग ठोक्किएको स्रोतले जनाएको छ ।

विमानमा ६० यात्रु सवार थिए । ठोक्किएसँगै विमान र हेलिकोप्टर उक्त विमानस्थलनजिकै पोटोमाक नदीमा खसेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी छ । मानिस हताहतबारे तत्काल केही उल्लेख छैन । नदीमा उद्धार र खोजीकार्य जारी छ ।