१७ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अर्थतन्त्रलाई छिटै लयमा फर्काउने बताएका छन् ।
बिहीबार काठमाडौँमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको बताए । अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्न काम गरिरहेको बताए ।
उनले आफूहरू सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेका उल्लेख गरे । उनले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानुनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको बताए ।