|  

भोलिदेखि ओली सरकार विपक्षीहरूले घेराबन्दीमा पर्दैछः सापकोटा

१७ माघ, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले यस्तो दाबी गरेका हुन् । 

उनले भने, ‘सरकारले अहिले अध्यादेश ल्याएको छ। त्यसमा भूमिसम्बन्धी अध्यादेश बदनियत ढंगले आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नका लागि त्यो विधेयक ल्याइएको छ। सरकार अहिले आतंकित छ। अब भोलिदेखि विपक्षीहरूले घेराबन्दीमा पर्दैछ।’