१७ माघ, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ३४ करोडभन्दा बढीको लेज तथा कुर्कुरे आयात भएको छ ।
भन्सार विभागले साउनदेखि पुस मसान्तसम्ममा ३४ करोड ८६ लाख ९४ हजार रुपैयाँको ६ लाख ७१ हजार १९४ किलो लेज, कुर्कुरे र कुर्मुरे आयात भएको जनाएको छ ।
लेज, कुर्कुरे भियतनाम, टर्की, मेक्सिको, मलेसिया, दक्षिण कोरिया, भारत लगायत ९ मुलुकबाट आयात हुने गरेको छ ।
जसमध्ये सबैभन्दा धेरै भारत, मलेसिया र दक्षिण कोरियाबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ ।