|  

संविधान संशोधनका लागि २०८७ साल कुर्नु पर्दैन : शेखर कोइराला

१७ माघ, काठमाडौं ।  नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

संविधान संशोधनजस्तो महत्त्वपूर्ण विषयमा सबै दलबीच छलफल हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली काङ्ग्रेस र एमाले मात्रै हुँदैन । दुई ठूला दलले सुरु गर्ने कुरा होला तर माओवादी, मधेसवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’

संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्‍याएर संशोधन गर्दिन्छौं भन्नु गलत भएको कोइरालाले बताए ।