१७ माघ, काठमाडौं । रसुवामा १० देखि १४ वर्ष उमेर समूहका १ हजार ६८६ किशोरीहरूलाई पाठेघर मुखको क्यान्सरविरुद्धको खोप दिइने भएको छ ।
पाठेघर मुखको क्यान्सरको रोकथामका लागि किशोरीहरूलाई एचपीभी (ह्युमन पापिलोमाभाइरस) खोप लगाउने अभियानअन्तर्गत रसुवामा यति संख्यामा किशोरीहरूलाई खोप दिइने भएको हो । जिल्लाका १ हजार ६८६ जना किशोरीहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप लगाउने तयारी भएको जनस्वास्थ्य कार्यालय प्रमुख भंमप्रसाद आचार्यले जानकारी दिए । विद्यालय, समुदाय र स्थानीय स्वास्थ्य संस्थाहरूको सहकार्यमा खोप कार्यक्रमलाई सफल बनाउन विभिन्न सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिएको उनको भनाई छ ।
माघ २२ गतेदेखि फागुन २८ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ । यस अभियानमा विद्यालय जाने १ हजार ५ सय ७७ र विद्यालय नजाने १ सय ५ किशोरीहरूलाई खोप दिइनेछ ।