|  

घट्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो 

१८ माघ, काठमाडौं ।  काठमाडौंको न्यूनतम तापक्रम बिहीबारको तुलनामा शुक्रबार केही घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ।बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो।

बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन  भएको थियो । शुक्रबार पनि सोही हाराहारीमा हुने मौसमविद् गोविन्द झाले जानकारी दिए।